काठमाडौं । एपीएफले २० औं राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा एपीएफले नेपाल आर्मीलाई २८–२२ ले पराजित गर्यो ।
अखिल नेपाल कबड्डी संघको आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २ लाख, १ लाख र ५०-५० हजार नगद पुरस्कार हात पारे ।
प्रतियोगितामा प्रहरीकी मानमति विष्ट उत्कृष्ट रेडर र एपीएफकी जयन्ती बडू उत्कृष्ट डिफेन्डर घोषित भए। दुवैले ४० इन्चको टीभी पुरस्कार पाए । तीनदिने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टिम सहभागी थिए ।




