खासगरि फुटबल, भलिबल, हक्की, ह्याण्डबल आदि खेलहरुमा इन्स्टेन्ट किलिङ शब्दको प्रयोग हुन्छ । इन्स्टेन्ट किलिङ क्षमता भएको भए त्यो गोल, त्यो सट मिस हुने नै थिएन । हाम्रा खेलाडीहरुमा इन्स्टेन्ट किलिङ क्षमता नै छैन । अतः प्रशिक्षणको समयमा खेलाडीहरुलाई कसरी, किन र कहिले इन्स्टेन्ट किलिङ क्षमताको जरुरत पर्दछ भन्ने कुरा सिकाउनु पर्छ भन्छन्–पूर्व खेलाडी हरिसुन्दर श्रेष्ठ ।
यथा समयमा सहि ढंगबाट गरिने प्रहार हो । ‘इन्स्टेन्ट किलिङ’ अर्थात् इन्स्टेन्ट भनेको तत्काल, किलिङ भनेको प्रहार अर्थात् तत्काल गरिने प्रहार नै इन्स्टेन्ट किलिङ हो। इन्स्टेन्ट किलिङ एक मनो–शारीरिक शब्द हो । यस शब्दको प्रयोगकर्तामा तपशिलका मनो–शारीरिक गुणहरु हुनुपर्दछ । एकाग्रता, छिटो निर्णय, उच्च प्रेरणा, दीवास्वप्नी, छिटो स्थितिको अवलोकन, सिर्जनशिल, सन्तुलित संवेग र पूर्व अनुमान हुन् ।
प्रतिभाशाली खेलाडीहरुमा अधिक मात्रमा इन्स्टेन्ट किलिङ क्षमता हुन्छ । अधिकांश मनो–समिश्रणात्मक गुणहरु उनीहरुमा भएको हुँदा उनीहरुको डिमान्ड हाई हुन्छ। उदाहरणका लागि लियोनल मेस्सी र क्रिस्टीयानो रोनाल्डोलाई लिन सकिन्छ । यी खेलाडीले बल भेट्टाउने बित्तिकै गोल गरिहाल्छन् भन्ने आम धारणा हुन्छ । अर्थात् उनीहरुलाई इन्स्टेन्ट किलिङ क्षमताकै कारण प्रशिद्ध भएका हुन् ।
इन्स्टेन्ट किलिङ क्षमता प्रशिक्षण कार्यबाट विकास गर्न सकिन्छ । थरिथरिका मनो–शारीरिक उपायहरुको प्रयोग गरेर खेलाडीहरुमा मनो–शारीरिक गुणको विकास गरिएको छ । खासगरि भिडियो गेम, रियाक्सन एविलिटी डेभलपमेन्ट प्रोगाम, सिर्जनात्मक क्षमता प्रशिक्षण, एकाग्रता आदि मनो–वैज्ञानिक गुणहरुको तालिम दिने गरिन्छ । खेलाडीहरुलाई आधुनिक उपकरणहरु संग तालिम दिने व्यवस्था पनि गर्नुपर्छ ।
अतः खेलाडी छनौट गर्दाखेरी विशेष गुण भएका खेलाडीहरु नै छनौट गर्नुपर्छ । विशेष गुण भन्नाले उनीहरुमा बल ग्रहण गर्ने क्षमता, बल प्रहार गर्ने क्षमता, बल रोक्ने र बल वितरण गर्ने क्षमता आदि इत्यादि नै पर्दछन । विशेष गुण अन्तर्गत कलात्मक एवम् सिर्जनात्मक क्षमता पर्दछ । असाधारण प्रतिभा भएका खेलाडीहरुको खेल हेर्न लायक हुन्छ । यस क्रममा ब्राजील र अर्जेन्टिनाको खेल हेदाए आनन्द आउँछ । खेलेर के मात्रै हुदैन, खेलभित्र कलात्मक जोडिनुपर्छ । कलात्मक र सिर्जनात्मकता जोडिने बित्तिकै अग्रपंतिका खेलाडीहरुमा इन्स्टेन्ट किलिङ क्षमता प्रशंसनिय हुन्छ ।
इन्स्टेन्ट किलिङको सम्बन्ध प्रतिक्रिया (रियाक्सन) सँग हुन्छ । प्रतिक्रिया समयसँग आवद्ध हुन्छ । ठिक समयमा ठिक तरिकाले प्रहार गरेर खेलाडीको फाइदा उठाउन सक्नुपर्छ । जति कम समयमा बल प्रहार गर्न सकिन्छ त्यत्तिकै उत्तम हुन्छ । व्यक्तिगत खेल लगायत समुहगत खेलहरुका लागि इन्स्टेन्ट किलिङ क्षमता भएका खेलाडीहरुको आवश्यकता पर्दछ । अतः खासगरि अग्रपंतीका खेल्ने खेलाडी असाधारण नै चाहिन्छ । यस्ता खेलाडीहरुको खोजी गरिनुपर्छ ।





