काठमाडौं । एसियाली खेलकुद (एशियाड) कि ऐतिहासिक रजत पदक विजेता खेलाडी एरिका गुरुङलाई नेपाल कराते महासंघले ‘हिमालयन वारियर’ उपनामले सम्मान गर्ने भएको छ ।
बाराको निजगढमा आइतबार सम्पन्न महासंघको दोश्रो वार्षिक साधारण सभाले एरिकालाई उपनाम दिने निर्णय गरेको हो ।
एरिकाले सन् २०२३ मा चीनमा भएको १९औं एशियाडमा ऐतिहासिक रजत पदक जितेकी थिइन् । यस्तै उनले २०२४ मा भएको एशियन कराते च्याम्पियनसिपमा पनि रजत पदक जितेकी थिइन् ।
एरिका एशियाड र एशियन च्याम्पियनसिपमा रजत पदक जित्ने एक्लो र पहिलो खेलाडी हुन् ।
यस्तै साधारण सभाले विश्व कराते महासंघको निर्देशनअनुसार महासंघको विधानमा आवश्यक संशोधन गर्ने, प्रशासनिक, व्यवस्थापन सम्बन्धी नियमावली, कार्यविधि तथा निर्देशिका २०८१ अनुमोदन गर्ने निर्णय गरेको छ ।
साथै राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक र टिम म्यानेजर सम्बन्धी कार्यविधि, महासचिव र कोषाध्यक्षको प्रतिवेदन, राष्ट्रिय कराते एकेडेमी को कार्यविधि, प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गर्दा महासंघमा रिक्त पदमा मनोनयन गर्ने अधिकार अध्यक्ष युवराज लामालाई दिने निर्णय पनि साधारणसभाले गरेको छ ।
साधारणसभाका निर्णयहरु: