भलिबल र कबड्डी खेलाडीलाई खेल समाग्री हस्तान्तरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलले १५ मुनीका भलिबल तथा कबड्डी खेलाडीहरुलाई खेल समाग्री तथा पोशाक वितरण गरेका छन् ।

महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सदस्य सचिव घिसिङले खेलाडी छात्रवृत्ती अन्तर्गत छनौट भएका खेलाडीहरुलाई समाग्री प्रदान गरेका हुन्।

कार्यक्रममा सदस्य सचिव घिसिङले विभिन्न खेलको प्रतिभाको छनौट गरि अन्य प्रदेशमा पनि खेलाडीहरुलाई सामाग्री प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

परिषद् अन्तर्गत खेलकुद विज्ञान प्रतिष्ठानले सुदुरपश्चिम प्रदेशका खेल प्रतिभाको खोजी गरि छनौट भएका ५६ जना खेलाडी र ४ जना प्रशिक्षकलाई सामाग्री हस्तान्तरण गरिएको हो ।

भलिबल र कबड्डीका समान १४-१४ जना छात्र र १४-१४ जना छात्रा खेलाडी छनौट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :