जेरोको पेनाल्टी गोलसँगै हारबाट जोगियो झापा

काठमाडौं । इन्जुरी समयमा सम्हालिन नसक्दा एफसी चितवनले तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आइतबार भएको खेलमा बराबरी खेल्दै अंक बाड्न बाध्य भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चितवनले झापा एफसीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो । खेलमा चितवनका लागि टोरिक जेबरिन र झापाका लागि अलहाजी जेरोले पेनाल्टीमा गोल गरे ।

२७ औं मिनेटमा टोरिकले गोल गर्दै चितवनलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए । शिशिर लेखीले दिएको पासमा घानाका खेलाडी टोरिकले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए।

त्यसपछि निर्धातिर समयमा थप गोल हुन नक्दा चितवन लगातार तेश्रो जित नजिक पुगेको थियो । तर, चितवन इन्जुरी समयमा सम्हालिन सकेन र लिगमा पहिलो बराबरी खेल्दै अंक बाड्ब बाध्य भयो ।

९२ औं मिनेटमा बल अगाडि बढाउदै गरेका एरोन थापालाई चितवनका निरज चौधरीले पेनाल्टी बक्सभित्र लडाएपछि झापाले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीको सहि सदुपयोग गर्दै नाइजेरियन खेलाडी जेरोले झापालाई हारबाट जोगाए।

चितवनले जारी लिगमा व्यहोरेको यो नै पहिलो गोल हो। यस बराबरीसँगै शीर्ष स्थानको चितवनले ३ खेलबाट ७ अंक जोडेको छ । यता लगातार तेश्रो खेलमा बराबरी खेलेको झापा ३ खेलबाट ३ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :