श्री भगवती र च्यासलको बराबरी

काठमाडौं । शहिद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा च्यासल युथ क्लब र श्री भगवती क्लबले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । यस बराबरीसँगै श्री भगवतीले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।

५ खेलबाट ११ अंक जोडेको श्री भगवती दोश्रो स्थानमा यथावत रहेको छ। यस्तै समान खेलबाट ७ अंक जोडेको च्यासलले पनि शीर्ष तीनमा उक्लिने मौका गुमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :