राजनलाई स्वर्ण

काठमाडौं । राजन सुब्बाले दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबलटेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा मंगलबार स्वर्ण जितेका  छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजनले शेखर श्रेष्ठलाई ३–१ को सेटमा पराजित गरे ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा आनन्दरत्न धाक्वा र अशोक शर्मा तेश्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :