अष्ट्रेलियाका पूर्व स्टार क्रिकेटर माइकल स्लेटरलाई ४ वर्षको जेल सजाय सुनाइएको छ । स्लेटरलाई घरेलु हिंसाका कारण स्थानिय अदालतले ४ वर्षको जेल सजाय सुनाएको हो । स्लेटरले यहि आरोपमा एक वर्षको सजाय भोगि सकेका कारण जेल भने जानुपर्ने छैन ।
५५ वर्षीय स्लेटरले घरेलु हिंसा, अवैध रुपमा पिछा गर्ने र धमकाउने, रातमा अर्काको घरमा प्रवेश गर्ने, सामान्य हमला गर्ने, शारीरिक क्षति पुर्याउने, आक्रमणगरि सास रोक्नेगरि घाँटी दबाउने र गाली वेइज्जती गर्ने जस्ता अपराध गरेको आरोप लागेको थियो ।
पीडित पक्षले अदालतमा स्लेटर रक्सीको नशामा पटक पटक अपराध दोहर्याउदै गएको र उनको व्यवहारमा कुनै परिवर्तन नआएपछि प्रहरीमा उजुरी गरेका थिए । त्यस्तै स्लेटरले खुद आफुलाई नोक्सान पुर्याउने धमकि समेत दिएको र पीडित पक्षले त्यसो नगर्न चेतावनी दिएपनि स्लेटरको व्यवहार कुनै परिवर्तन नआएको अदालतले बताएको छ ।
अदालतले पीडिता पहिचान रिपोर्टमा नखुलाए पनि यो घटना क्वींसल्याण्डको नुसा इलाकामा भएको जानकारी गराएको छ । अष्ट्रेलियन टोलीका पूर्व ओपनर ब्याट्सम्यान स्लेटरले सन् १९९३ देखि २००३ सम्म ७४ टेष्ट खेलेका थिए । त्यस्तै उनले अष्ट्रेलियाकाको तर्फबाट ४२ एकदिवसिय खेल खेलेका छन् ।




