फाइनलमा ललितपुरसँगको भेट पक्का गर्न पोखरा र धनगढी भिड्दै

काठमाडौं । जारी तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा आज बुधबार दोश्रो क्वालिफायर खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा हुने दोश्रो क्वालिफायर खेलमा पोखरा थन्डर्स एफसी र धनगढी एफसी भिड्दैछन् ।

यो खेल साँझ ६ बजे शुरु हुनेछ । दुवै टोली आज एक अर्कालाई पराजित गर्दै फाइनलमा साविक विजेता ललितपुर सिटी एफसीसँगको भेट पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन् ।

अघिल्ला दुई संस्करणको उपविजेता धनगढी लगातार तेश्रो तथा पोखरा पहिलो पटक एनएसएलको फाइनलमा पुग्ने योजनामा छन् । जारी सिजनमा यी दुई टोली दोश्रो पटक भिडन् लागेका हुन् ।

यसअघि लिग चरणको भेटमा यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए । पोखराले इलिमिनेटर खेलमा चितवन एफसीलाई पराजित गर्दै दोश्रो क्वालिफायरमा स्थान बनाएको थियो ।

यता पहिलो क्वालिफयरमा ललितपुरसँग पराजि भएको धनगढीले भने पुनः फाइनलमा पुग्न दोश्रो क्वालिफायर खेल्ने मौका पाएको हो । आजको खेलको विजेता र ललितपुरबीको फाइनल खेल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :