आईपीएलको एक सिजनमा चीयरलिडर्सले कति कमाउँछन्?

इन्डियन प्रिमियर लिग (आईपीएल) को एक सिजनमा एक चीयरलिडर्सले लाखौं रकम कमाउने गरेका छन् । आफ्नो टोलीसँगै एकसाथ भ्रमण गर्ने चीयरलिडर्सले एक म्याचमा १५ देखि २५ हजार भारतीय रुपैयाँ पाउँदै आएका छन् ।

आईपीएल २०२५ मा सबै १० टोलीले आफ्नो टोलीमा चीयरलिडर्स हायर गरेका छन् । ति टोलीले हायर गर्ने चीयरलिडर्समा प्रायगरि विदेशी युवतीहरु रहदै आएका छन्। एउटा चियरलिडर्सले आईपीएलको एक सिजनमा खाना, बस्न र भ्रमणको खर्च बाहेक दुई देखि चार लाख पाउने गरेका छन् ।

जसमा एउटा चियरलिडर्सले प्रत्येक खेलमा १५ देखि २५ हजार पाउदै गरेका छन् । लिग चरणका १४ खेलका लागि चीयरलिडर्सले एक सिजनमा दुई देखि ३.५ लाख कमाउने भएपनि यदि टोली फाइनलसम्म पुग्न सफल भयो ४ लाखसम्म कमाउने गरेका छन् ।

मुम्बई इन्डियन्सले आफ्ना चीयरलिडर्सलाई दैनिक २० हजार दिदै आएको छ । त्यस्तै शाहरुख खानको कोलकोता नाइट राइडर्सले आफ्ना चीयरलिडर्सलाई सर्वाधिक २५ हजार दिदै आएको छ । यसैगरि चेन्नई सुपर किङ्गसले आफ्ना चीयरलिडर्सलाई १७ र अन्य टोली १२ देखि १५ हजार दिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :