इटालियन सिरी ‘ए’ फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा एसी मिलान विजयी भएको छ । लाइजी फरारिज रंगशालामा भएको खेलमा मिलानले जिनोआलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
पाहुना टोली मिलानका लागि राफेल लियोले एक गोल गर्दा एक गोल भने आत्मघाती उपहार पाएको हो । यता जिनोआका लागि भिटिन्हाले गोल गरे । जितसँगै ३५ खेलबाट ५७ अंक जोडेको मिलान नवौं स्थानमा रहेको छ ।
यस्तै मिलान च्याम्पियन्स लिगमा छनौट हुने सम्भावनालाई समेत कायम राख्न सफल भएको छ । पराजित जिनोआ समान खेलमा ३९ अंकसहित १३ औं स्थानामा रहेको छ।




