काठमाडौं । शहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत मंगलबार भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आरसीटीले च्यासल युथ क्लबलाई ३-४ गोल अन्तरले पराजित गरेको हो ।
आरसीटीलाई जित दिलाउन अजीत गुरुङले ११ औं, अभिषेक भोलानले ४२ औं र सञ्जय लिम्बूले खेलको ७१ औं मिनेटमा गोल गरे । च्यासलका लागि कप्तान अश्विन घोरासैनीले पहिलो हाफको इन्जुरी समय तथा र आशिष थारुले ८१ औं मिनेटमा एक गोल फर्काए ।
जितसँगै १० खेलबाट ११ अंक जोडेको आरसीटी नवौं स्थानमा उक्लिएको छ । यता पराजित च्यासल समान खेलमा १४ अंकसहित छैठौं स्थानमा रहेको छ ।




