एसियन मिक्स बक्सिङ च्याम्पियनसिप: भारत प्रथम तथा नेपाल दोश्रो बन्यो

काठमाडौं । विश्व मिक्सबक्सिङ्ग महासंघ (डब्लुयुएमए) र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा “एसियन मिक्स बक्सिङ च्याम्पियनसिप” सफलतापूर्वक सम्पन्न भएको छ। यो प्रतियोगिता काठमाडौंको बुढानीलकण्ठमा आयोजना गरिएको थियो।  

प्रतियोगिताको समापनमा बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, बुढानीलकण्ठ खेलकुद संघका संयोजक सुमन लामा,सुशासन समितिका संयोजक तथा वडा न. १२का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई,  साथै विभिन्न वडाका अध्यक्षहरू र अन्य गणमान्य व्यक्तिहरू उपस्थित  थिए।  

प्रतियोगितामा भारतीय टोलीले सबैभन्दा बढी स्वर्ण पदक हात पारेर प्रथम स्थान प्राप्त गरेको छ। नेपाली टोलीले दोस्रो स्थान र श्रीलंकाली टोलीले तेस्रो स्थान हासिल गरेका छन्। यसैगरी, प्रतिस्पर्धी देशहरूका खेलाडीहरूले उत्कृष्ट प्रदर्शनी गरेर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।  

यस अन्तर्राष्ट्रिय खेल आयोजनाले नेपालमा मिक्सबक्सिङ्ग खेलको प्रचारप्रसार गर्न महत्त्वपूर्ण भूमिका निभाएको छ। आयोजक समितिले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबैलाई आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :