फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल विजयी भएको छ । कोरिन्थियन्स एरिनामा भएको खेलमा पारग्वेलाई १-० ले पराजित गर्दै ब्राजिल विश्वकपमा छनौट भएको छ ।
ब्राजिललाई जित दिलाउन भिनिसियस जुनियरले खेलको ४४ औं मिनेटमा गरेको गोल नै पर्याप्त बन्यो । जितसँगै ब्राजिल २३ औं पटक विश्वकपमा छनौट भएको छ ।
जितपछि १६ खेलबाट २५ अंक जोडेको ब्राजिल तेश्रो स्थानमा रहेको छ । यता पराजित पाराग्वे समान खेलमा २४ अंकसहित चौथो स्थानमा छ ।




