काठमाडौं । दोश्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) आगामी भदौ महिनामा आयोजना हुने भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले शुक्रबार प्रेस विज्ञप्तिमा जारी गर्दै प्रतियोगिताको दोश्रो संस्करण भदौ २० देखि २८ गतेसम्म आयोजना हुने जानकारी गराएको हो ।
प्रतियोगिताको पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोली सहभागि थिए । जसको फाइनलमा ललितपुर क्विन्सलाई ३-२ को सेटमा पराजित गर्दै कर्णाली यशविस लिगको पहिलो च्याम्पियन बनेको थियो ।
नेपाल भलिबल संघ (एनभीए) र इन्फिनिटी ड्रीम्स प्रालिबीच एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न २०८१ को असार महिनामा ७ वर्षका लागि सम्झौता भएको थियो ।




