नेपालले अल्टिमेट काता कुमुते च्यालेन्जमा सहभागिता जनाउने

काठमाडौं। नेपालको टोलीले आगामी आइतबार भारतमा आयोजना हुने अल्टिमेट काता कुमुते च्यालेन्ज कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ । यस प्रतियोगितामा नेपालबाट पाँच जना खेलाडीले प्रतिनिधित्व गर्नेछन्।

पुरुष एकल कातामा स्वप्निल मानन्धर, ६० केजीमा एलन श्रेष्ठ, मीनबहादुर तामाङ र राजीव पुडासैनी सहभागी हुनेछन्। साथै, महिला एकल कातामा सानुमाया थिङले नेपालको झण्डा उठाउने छिन्।

नेपाली टोलीको प्रशिक्षकको रूपमा कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ छन् । व्यवस्थापनको जिम्मेवारी फुर्पा लामाले सम्हाल्ने छन्। रेफ्रीको रूपमा तारा गुरुङले पनि टोलीसँगै यात्रा गर्ने छिन्।

नेपाली टोलीले शनिबार सिलिगुरीको लागि उडान भर्नेछ। यो प्रतियोगिता नेपाली खेलाडीहरूको क्षमता प्रदर्शन गर्न ठूलो मञ्चका रूपमा सावित हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :