काठमाडौं । तेक्वान्दो खेलाडी राज दरईंले दक्षिण कोरियोको मुजुमा हुने वर्ल्ड ओलम्पिक तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
जुन २९ देखि जुलाइ २ तारिखसम्म हुने प्रतियोगितामा राजले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । राज बुधबार दक्षिण कोरिया जाने छन् ।
तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले अस्ट्रियन ओपन जी–२ पुम्से प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
प्रतियोगिता अस्ट्रियाको भियानामा जुन २८ र २९ तारिख हुनेछ। त्यसका लागि अशोक शुक्रबार अस्ट्रिया प्रस्थान गर्ने छन् ।
दुवैलाई आईओएफटीसी, नेपाल च्याप्टरका महासचिव गिरीबहादुर सुनार, तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलगायतले मंगलबार एक कार्यक्रमबीच बिदाई गरे ।




