पोर्चुगलका स्टार फुटबलर डियोगो जोटाको निधन

पोर्चुगलका राष्ट्रिय फुटबल खेलाडी डियोगो जोटाको कार दुर्घटनामा परी निधन भएको छ । स्पेनको जमोरा प्रान्तमा भएको कार दुर्घटनामा जोटासँगै उनको भाईको पनि निधन भएको छ ।

२८ वर्षीय फरवार्ड जोटा इङ्गलिस फुटबल क्लब लिभरपुलबाट खेल्दै आएका थिए । प्रारम्भिक रिपोर्टका अनुसार जोटा र उनका भाई सवार कार अनियन्त्रित भई दुर्घटना भएको बुझिन आएको छ । दुर्घटनापछि कारमा आगो लागेको थियो ।

जोटा केहि दिनअघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए । फुटबल स्टार जोटाको निधनको खबरले अहिले विश्व फुटबलमा सनसनी फैलिएको छ, फुटबलमा गहिरो शोक छाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :