प्रथम एशियन उसु प्रतियोगितामा दीपक र शिवजी सहभागिता जनाउने

चीनको जिलिङ शहरमा आयोजना हुने प्रथम एशियन उसु थाउलु तथा दोश्रो एशियन उसु सान्दा कप २०२५ सञ्चालन हुदैछ। ३ जुलाईदेखि ६ जुलाईसम्म सञ्चालन हुने उक्त टोलीको नेतृत्व अन्तर्राष्ट्रिय उसु प्रशिक्षक निकेश श्रेष्ठले गर्ने नेपाल उसु महासंघले जानकारी गराएको छ ।

एशियाका ३२ राष्ट्रहरुको सहभागिता रहने उक्त उसु प्रतियोगितामा नेपालको तर्फबाट दुई खेलाडी दीपक हमाल र शिवजी सिलवालले सहभागिता जनाउँदै छन् । उक्त एशियन कपका लागि केहि महिनाअघि मकाउमा सम्पन्न उसु च्याम्पियनसिपबाट यी दुई खेलाडी छनौट भएका थिए ।

खेलाडी र पदाधिकारीहरुको लागि आयोजक कमिटीले सम्पूर्ण व्यवस्थापन गरेको उक्त उसु प्रतियोगितामा म्यानेजरको रुपमा सुदुरपश्चिम प्रदेश उसु संघका कार्यवाहक अध्यक्ष तथा राष्ट्रिय उसु निर्णायक राजीव गुप्ता रहेका छन् ।

नेपाल उसु महासंघले विगत लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुलाई सहभागिता गराउँदै आएको छ । केहि महिनाअघि मात्रै जापानको योकोहामा शहरमा सम्पन्न भएको तेश्रो थाउलु उसु वर्ल्डकपमा सहभागि भएका विजय सिंजालीले उक्त प्रतियोगितामा कास्य पदक जितेका थिए ।

उक्त एशियन उसु प्रतियोगितामा सहभागिता जनाउने टोली ८ जुलाईमा स्वदेश फर्किने नेपाल उसु महासँघका वरिष्ट उपाध्यक्ष विक्रम सिटौलाले जानकारी गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :