काठमाडौं । एन्फा यु-१६ युथ लिगको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सम्पन्न खेलमा मनाङले श्री भगवती क्लबलाई २-१ ले पराजित गर्यो ।
खेलको पहिलो हाफमा रोहन थापा मगरले ४०औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। तर, दोश्रो हाफमा श्री भगवतीले प्रतिक्रिया दिंदै ५८औं मिनेटमा सरुन महतोको गोलमार्फत खेललाई बराबरीमा ल्यायो ।
खेल बराबरीतर्फ उन्मुख भइरहेको बेला अन्त्यतिर पाएको पेनाल्टीलाई विवेक मगरले गोलमा परिणत गर्दै मनाङलाई महत्वपूर्ण ३ अंक दिलाए ।




