फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन

काठमाडौं । नेपालमा पहिलो पटक भएको राष्ट्रिय महिला फाइभ ए साईड इन्डोर हक्की प्रतियोगितामा नेपाल आर्मी क्वल प्रथम भएको छ । फाईनल प्रतिष्पर्दामा सुदुर पश्चिम प्रदेशलाई २–० गोल अन्तरले पराजित गरि नेपाल आर्मी प्रथम भएको हो । सेमिफाईनमा आर्मीले कोशी प्रदेशलाई ६-० र सुदुर पश्चिमले गण्डकीलाई २-१ गोल अन्तरले पराजित गरि फाईनल पुगेका थिए ।

भक्तपुरको थिमी स्थित मिडभ्याली कलेजमा एक कार्यक्रम वीच राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुब आचार्यले उद्घाटन गरेका थिए भने विजेता खेलाडी तथा टिमलाई सदस्य सचिव टंकलाल घिसिङले पुरस्कार प्रदान गरेका थिए । प्रथम हुने टिमले ५० हजार र द्धितीय हुने टिमले २५ हजार नगद पुरस्कार प्राप्त गरेको राष्ट्रिय खेलकुद परिषद्की कार्यकारी सदस्य तथा नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

च्याम्पियनसिपको उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबकी सरस्वती तामाङ हुँदा उत्कृष्ट रक्षक सुदुरपश्चिमकी पुर्णिमा नेगी त्यसैगरी उत्कृष्ट गोल किपर त्रिभुवन आर्मीकी कुष्मा राना मगर हुँदा उच्च गोलकर्ता सुदुरपश्चिमकै आशिका एसके भइन भने च्याम्पियनसिपको उदयमान खेलाडीको उपाधी बागमतीकी सपना स्याङ्बोले जितेकी थिइन् ।

नेपाल हक्की संघले आयोजना गरेको ५ ए साइड हक्की च्याम्पियनसिपमा सुदुरपश्चिम प्रदेश, बागमती प्रदेश, कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश र सेनाको त्रिभुवन आर्मी क्लब गरेर ६ टोलीको सहभागी रहेको थियो।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष धुर्ब आचार्य गरेका थिए । भने समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचीव टंकलाल घिसिङ, नेपाल हक्की संघका अध्यक्ष अनिल शर्मा र हक्की संघका महासचिव सुवर्ण श्रेष्ठले उत्कृष्ट खेलाडी र च्याम्पियन टोलीलाई पुरस्कार प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :