दोश्रो टेष्टको अन्तिम दिन भारतलाई जितको लागि ७ विकेट आवश्यक

भारत र इङ्गल्याण्डबीच सञ्चालन भईरहेको दोश्रो टेष्टमा भारतले उत्कृष्ट प्रदर्शन गरेको छ । भारतले दोश्रो पारीमा ६ विकेट गुमाउँदै ४२७ रनमा पारी घोषित गरेको थियो। पहिलो इनिङमा ५८७ रन बनाएको भारतले दोश्रो इनिङमा ४२७ रन बनाउँदैै इङ्गल्याण्डलाई जितको लागि ६०८ रनको लक्ष्य दिएको हो ।

भारतीय कप्तान शुभमन गिल पहिलो इनिङमा २६९ रनको दोहोरो शतकिय पारी खेल्दा भारतले पहिलो पारीमा १८० रनले अग्रता बनाएको थियो । जवाफमा इङ्गल्याण्डले पहिलो पारीमा ४०७ रन बनाएको थियो । कप्तान शुभमन गिलले दोश्रो पारीमा पनि १६१ को शतकिय पारी खेलेका थिए । यसरी दुवै इनिङमा शतक र दोहोरो शतक बनाएर उनले इतिहास समेत रचेका छन् ।

चौथो दिन नै ब्याटिङ गर्ने अवसर पाएको इङगल्याण्डले दोश्रो इनिङमा ७२ रन बनाएर ३ विकेट गुमाएको अवस्था छ । यस्तोमा आज दोश्रो टेष्टमा जितका लागि भारतलाई ७ विकेटको आवश्यक छ । त्यस्तै इङ्गल्याण्डलाई यो टेष्ट बचाउन वर्षाको आवश्यक छ । आज एजबेस्टनमा वर्षा हुने मौसम विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :