नेपाललाई ४ पदक

नेपाली कराते खेलाडीले अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा २ स्वर्ण र २ कांस्य पदक जितेका छन् ।
दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगितामा अनु मोक्तान र विकास घर्तीले स्वर्ण जितेको निर्णायक महेश महर्जनले जनाएका छन् । आशिष धामी र जमानसिंह गुरुङले कांस्य जिते । जमान कोरियामै बस्दै आएका छन् । प्रतियोगितामा चित्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सोयबलाई रजत
सोयबमान श्रेष्ठले युआईपीएम ग्लोबल लेजर रन सिटीमा रजत जितेका छन् । सिंगापुरमा जुलाइ १३ तारिखमा भएको प्रतियोगिताको यु–१७ उमेरसमूहमा रजत जितेको नेपाल मोर्डन पेन्टाथलन संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :