काठमाडौं । अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली कराते खेलाडीले अस्ट्रेलियाको राष्ट्रिय कराते प्रतियोगितामा विभिन्न पदक जितेका छन् ।
प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग)का रजत पदक विजेता दीवश श्रेष्ठले खुला कुमुते टिम फाइटमा स्वर्ण जितेका हुन् । दीवशले ८४ केजी माथि तौलसमूहमा कांस्य पदक पनि हात पारे ।
यसैगरी ६० केजी मुनिमा विजय श्रेष्ठले रजत पदक हासिल गर्दा, ८४ केजी मुनिको प्रतिस्पर्धामा सुजन श्रेष्ठले कांस्य पदक जित्न सफल भए । प्रतियोगिता जुलाई १४ र १५ मा अस्ट्रेलियाको पर्थमा भएको थियो ।




