फीडे विश्वकपको उपाधि जित्ने दिव्या बनिन् भारतकि पहिलो महिला खेलाडी

१९ वर्षिय भारतीय महिला बुद्धिचाल खेलाडी दिव्या देशमुखले फीडे विश्व कपको उपाधि जितेरे इतिहास रेचेकि छिन् । जर्जियाको बातुमी शहरमा आयोजना भएको फीडे विश्वकप बुद्धिचाल प्रतियोगिता २०२५ को महिला तर्फको उपाधि जितेर दिव्याले इतिहास रचेकि हुन् ।

विश्वकपको फाइनलको क्लासिकल प्रतिस्पर्धा बराबरीमा टुङ्गिएपछि भएको टाईब्रेकमा दिव्याले ग्राण्ड मास्टर कोनेरु हम्पीलाई पराजित गरेर उपाधि माथि कब्जा जमाएकि हुन् । दिव्याले टाईब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै १.५ अंक हासिल गरेकि थिइन् भने हम्पीले ०.५ अंक प्राप्त गरेकि थिइन् ।

फीडे विश्वकपको उपाधि जितेसँगै दिव्या महिला फीडे विश्वकपको उपाधि जित्ने पहिलो भारतीय महिला खेलाडी समेत बनेकि छिन् । यो उपाधि जितसँगै दिव्याले सन् २०२६ मा आयोजना हुने केन्डिडेट्स प्रतियोगितामा आफ्नो स्थान समेत पक्का गरेकि छिन् । त्यस्तै हम्पी पनि दोश्रो स्थानमा रहेर केन्डिडेट्स प्रतियोगिताको लागि छनौट हुन सफल भएकि छिन्।

दिव्याले अन्तिम १६ मा चीनकि विश्वको पाँचौं स्थानमा रहेकि जु जिनरलाई पराजित गरेकि थिइन् । त्यस्तै क्वार्टरफाइनलमा भारतकि हरिका द्रोणावल्ली र सेमिफाइनलमा पूर्व विश्व च्याम्पियन चीनकि विश्व नम्बर तीन खेलाडी तान झोन्गयीलाई पराजित गरेर फाइनलमा प्रवेश गरेकि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :