काठमाडौं । नेपाल कराते महासंघको कोषाध्यक्ष पदबाट किशोर भट्टराईले राजीनामा दिएका छन् । भट्टराईले साउन ९ गते कोषाध्यक्षबाट राजीनामा दिएका हुन् ।
नेपाल कराते महासंघका अध्यक्षलाई सम्बोधन गरेर दिएको राजीनामामा भट्टराईले आफू महासंघको कोषाध्यक्षमा निर्वाचित भई पाएको जिम्मेवारीप्रति सदैव निष्ठावान रहेर कार्य सम्पादन गर्ने प्रयासमा रहेर र कराते खेलको विकासमा समर्पित हुदै आएको बताएका छन् ।
उनले वर्तमान अवस्थामा विभिन्न कारणले आफ्नो जिम्मेवारी निरन्तर बहन गर्न सक्ने अवस्था नरहेकोले आफुले महासंघको कोषाध्यक्ष पदबाट राजीनामा दिएको राजीनामा पत्रमा जानकारी गराएका छन् । साथै अहिलेसम्म महासंघको कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न दिएकोमा महासंघलाई धन्यवाद समेत दिएका छन् ।
भट्टराईको राजीनामा पत्र:





