अस्ट्रेलिया भ्रमणका लागि नेपाली टोली सार्वजनिक

काठमाडौं । आगामी टी-२० विश्वकप छनोटको तयारी स्वरूप अस्ट्रेलिया जाने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

नेपाली टोली अस्ट्रेलियामा अगस्ट १४ देखि २४ सम्म डार्विनमा आयोजना हुने टप इन्ड टी-२० सिरिजमा सहभागी हुनेछ । सो प्रतियोगिता डिएक्सी एरिना, टिआइओ स्टेडियम र काजालीको एरिनामा हुनेछ ।

नेपालले सिरिजको पहिलो खेल अगस्ट १५ मा आयोजक नर्दर्न टेरिटोरी स्ट्राइकरविरुद्ध खेल्नेछ । त्यसपछि अगस्ट १६ मा बंगलादेश ‘ए’ टोली, अगस्ट १८ मा मेलबर्न स्टार्स, अगस्ट १९ मा होबार्ट हुरिकेन्स, अगस्ट २० मा मेलबर्न रेनेगेड्स र अन्तिम खेल अगस्ट २२ मा पाकिस्तान शाहीन्ससँग हुनेछ।

डार्विन भ्रमण नेपाली टोलीका लागि अक्टोबरमा ओमानमा हुने टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको पूर्वतयारीको रुपमा लिइएको छ ।

अस्ट्रेलिया भ्रमणपछि नेपालले वेस्ट इन्डिजविरुद्ध पनि तीन खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने तालिका तय भइसकेको छ ।

नेपाली टोली:

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, गुल्शनकुमार झा, भीम सार्की, कुशल मल्ल, रुपेशकुमार सिंह, आरिफ शेख, सोमपाल कामी, करण केसी, नन्दनकुमार यादव, रिजन ढकाल, ललितनारायण राजवंशी, लोकेश बम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :