एनआरटीको जितमा सुगमको निर्णायक गोल

काठमाडौं । न्युरोड टिम (एनआरटी) ले एन्फा यु-१६ युथ लिगअन्तर्गत मंगलबार भएको खेलमा सातदोबाटो युथ क्लबमाथि १-० को कठिन जित निकाल्दै अंक तालिकामा सुधार गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सुगम रानाले पहिलो हाफको अन्त्यतिर निर्णायक गोल गर्दै एनआरटीलाई महत्वपूर्ण तीन अंक दिलाए।

उनले खेलको ४४ औं मिनेटमा गरेको गोल नै खेलको एकमात्र निर्णायक गोल बन्यो। यो जितसँगै एनआरटीले ११ खेलबाट १२ अंक जोड्दै लिगको १०औं स्थानमा उक्लिएको छ।

त्यसैगरी, लगातार ११ खेलमा हार व्यहोरेको सातदोबाटो भने अंकविहीन अवस्थामा तालिकाको पुछारमा रहेको छ। यसअघि मंगलबार नै सम्पन्न दिनको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले हिमालयन शेर्पा क्लबमाथि २-० को सहज जित हासिल गरेको थियो।

यो जितपछि चर्च ब्वाइजले ११ खेलमा २० अंक जोड्दै छैटौं स्थानमा आफ्नो स्थानमा उक्लिएको छ। यता हिमालयन शेर्पा १४ अंकसहित नवौं स्थानमा यथावत् छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :