डुरान्ड कप: दोस्रो हार व्यहोर्दै समूह चरणबाटै बाहिरीयो आर्मी

काठमाडौं । नेपालको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले १३४ औं डुरान्ड कपमा दोश्रो हार व्यहोरेको छ । मंगलबार जेआरडि स्पोर्टस कम्प्लेक्स, जमशेदपुरमा सम्पन्न समूह ‘सी’ अन्तर्गतको आफ्तो तेस्रो तथा अन्तिम खेलमा आर्मी इण्डियन आर्मी फुटबल टिमसँग १-० गोलले पराजित भएको हो ।

इण्डियन आर्मीको जितका लागि क्रिस्टोले खेलको पहिलो हाफको २१ औं मिनेटमा गोलको गोल नै निर्णायक बन्यो । नेपाल आर्मीले यसअघि दोस्रो खेलमा लद्दाख फुटबल क्लबसँग १–१ को बराबरी खेल्दा पहिलो खेलमा घरेलु टोली जम्सेदपुर फुटबल क्लबसँग ३–२ को हार व्यहोरेको थियो ।

आजको हारसँगै आर्मी ३ खेलबाट १ अंकसहित प्रतियोगिताको समूह चरणबाट नै बाहिरीएको छ । यता, त्रिभुवन आर्मीलाई हराउँदै इण्डियन आर्मीले भने प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

इण्डियन आर्मी पहिलो खेलमा जमशेदपुर फुटबल क्लबसँग हार व्यहोरेको थियो । जितसँगै इण्डियन आर्मीले २ खेलबाट ३ अंक जोडेको छ । अघिल्ला २ खेलमा लगातार जित निकालेको जमशेदपुर फुटबल क्लब ६ अंकसहति समूह ‘सी’ को शीर्ष स्थानमा रहेको छ।

२४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेता नकआउट चरणमा पुग्नेछन् । ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :