बंगलादेश र नेदरल्याण्डबीच तीन म्याचको टी-२० सिरिज हुने

बंगलादेश र नेदरल्याण्डबीच तीन म्याचको टी-२० अन्तर्राष्टिय क्रिकेट सिरिज हुने भएको छ । बंगलादेशको सिलहटमा आयोजना हुने उक्त सिरिज ३० अगस्टदेखि शुरु हुनेछ ।

उक्त सिरिजको लागि पाहुना टोली नेदरल्याण्ड २६ अगस्टमा बंगलादेश पुग्ने तालिका रहेको छ । पहिलो टी-२० क्रिकेट ३० अगस्टमा हुनेछ ।

त्यस्तै दोस्रो र तेस्रो क्रमसः १ र ३ सेप्टेम्बरमा सिलहटको एसआईसीएस क्रिकेट स्टेडियममा हुनेछ । यो सिरिज ९ सेप्टेम्बरदेखि शुरु हुने एशिया कपको लागि बंगलादेशको लागि महत्वपूर्ण तयारीको रुपमा रहने छ।

बंगलादेश र नेदरल्याण्डबीच अहिलेसम्म पाँच पटक टी-२० क्रिकेटमा भिडन्त भएको छ । जसमा बंगलादेशले चार र नेदरल्याण्डले १ खेलमा जित हासिल गरेका छन् ।

यसअघि सन् २०२४ को आईसीसी विश्वकप टी-२० क्रिकेटमा बंगलादेश र नेदरल्याण्डको भिडन्त भएको थियो । जसमा बंगलादेश २५ रनले जित हासिल गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :