काठमाडौं । एन्फा यू–१६ युथ लिग अन्तर्गत बुधबारको पहिलो खेलमा खेलमा प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती युथ क्लबले बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै प्लानिङले लिग तालिकामा १२ औं स्थानमा उक्लिएको छ।
उसले १२ खेलबाट ७ अंक जोडेको छ। यता, श्री भगवती १२ खेलपछि ११ अंकसहित ११औं स्थानमा यथावत् छ।




