तेक्वान्दो टोलीको बिदाई

काठमाडौं । मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुने ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोलीलाई बुधबार बिदाई गरिएको छ ।

मलेसियाको क्वालालम्पुरमा अगष्ट ९ र १० तारिखमा हुने प्रतियोगिताको पुरुष ४० केजीमुनि केनिश खड्का, ५६ केजीमुनि आयुश बोहरा, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ र ७४ केजीमुनि सन्दिप बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

आयुशले एकल पुम्सेमा पनि खेल्ने छन् । टोली शुक्रबार क्वालालम्पुर प्रस्थान गर्ने छ । टोली प्रमुखमा महेन्द्रराज घिमिरे तथा प्रशिक्षकमा श्रीकृष्ण खड्का रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले बुधबार एक कार्यक्रमबीच बिदाई गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :