अर्पिल कांस्य पदकमा सीमित

काठमाडौं । एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यू२२ उमेरसमूहमा नेपालका अर्पिल राना शनिबार कांस्य पदकमा सीमित भएका छन् ।

पुरुष ५० केजी तौलसमूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केवाज सोदाई कोटोसँग ५–० ले पराजित भएपछि कांस्यमा सीमित भएका हुन् ।

एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा जारी प्रतियोगितामा यसअघि अर्पिलले प्रिक्वाटरफाइनलमा साउदी अरबका इब्राहीमलाई ५–० तथा भुटानका किन्ले फुन्चोलाई ४–१ ले हराउदै सेमिफाइनलमा पुगेका थिए ।

नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले स्वर्णकै प्रबल दाबेदार जापानका खेलाडीसंग अर्पिलले राम्रो प्रदर्शन गरेको बताए ।

‘जापानका खेलाडी आफ्नो तौलसमूहका स्वर्णका प्रबल दाबेदार हुन् । बलियो प्रतिद्वन्द्वीसंग अर्पिलले राम्रो खेलेका हुन्।’ महासचिव भण्डारीले भने,‘अर्पिल राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन–२०२० को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् । यो प्रशिक्षणले अर्पिल मात्र होइन, धेरै खेलाडीको प्रदर्शनमा उल्लेख्य सुधार ल्याएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :