कपन टाइगर तेक्वान्दो टोली इन्डिया गट ट्यालेन्टमा सहभागी हुने

काठमाडौं । नेपाली खेलकुदको चर्चित तेक्वान्दो डेमोन्स्ट्रेसन टोली कपन टाइगरले भारतमा हुने इन्डिया गट ट्यालेन्टमा प्रतिस्पर्धा गर्ने भएको छ । भारतको मुम्बईमा आगामी सेप्टेम्बर २४ देखि यो रियालिटी सो हुँदैछ ।

उक्त सोमा नेपाली खेलकुदको चर्चित ड्रेमोन्स्ट्रेसन टिम कपन टाइगरले प्रतिस्पर्धा गर्ने भएको हो । कुल २६ सदस्यीय नेपाली नेपाली आजै भारत प्रस्थान गरेको छ ।

मन्दीप राईको कप्तानी तथा तेक्वान्दोका प्रशिक्षक श्याम थापामगरको नेतृत्वमा उक्त टोली सहभागी हुने भएको हो। इन्डिया गट ट्यालेन्टमा करिब ३५ वटा टोलीले चुनौती प्रस्तुत गर्ने भएका छन् । यसअघि मंगलबार काठमाडौं जिल्ला तेक्वान्दो संघले पनि उक्त टोलीलाई बिदाइ गरेको थियो ।

काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले टोलीलाई बिदाइ गरेका हुन् । संघले सो अवसरमा टोलीलाई प्रोत्साहन स्वरूप २५ हजार रुपैयाँ प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :