एशिया कपको फाइनलमा पुग्न पाकिस्तान र बंगलादेश भिड्दै

एशिया कप २०२५ सुपर फोर अन्तर्गत आज (बिहीबार) पाकिस्तान र बंगलादेशबीच भिडन्त हुदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आयोजना हुने आजको खेल नेपाली समयानुसार राति ८:१५ बजेदेखि शुरु हुनेछ ।

आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण मानिएको छ । आजको खेलमा जित हासिल गर्ने टोली फाइनलमा पुग्नेछ । सुपर फोरमा पाकिस्तान र बंगलादेशले समान १-१ खेल जितेका छन् । दुवै टोलीले श्रीलंकालाई पराजित गरेका थिए भने भारतसँग पराजित भएका थिए ।

श्रीलंका दुई खेलमा पराजित भएर प्रतियोगितावाट बाहिरिसकेको छ । श्रीलंकाले सुपर फोरको अन्तिम खेल भारतसँग खेल्नेछ । एशिया कप २०२५ मा पाकिस्तान र बंगलादेश पहिलो पटक भिड्दै छन । गत जुलाईमा भएको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा बंगलादेशले पाकिस्तानलाई २-१ ले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको थियो ।

अहिलेसम्म पाकिस्तान र बंगलादेशबिच टी-२० क्रिकेटमा २५ पटक भिडन्त भएको छ । जसमा पाकिस्तानले २० र बंगलादेशले ५ खेल आफ्नो पक्षमा पार्न सफल भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :