काठमाडौं । काठमाडौं म्याराथनको १७ औं संस्करण कार्तिक १५ (२०२५ नोभेम्बर १) मा हुने भएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन आयोजना गरि प्रतियोगिताको १७ औं संस्करणको मिति सार्वजनिक गरेको हो ।
एनआरएस स्पोर्ट्स फाउण्डेशनका अध्यक्ष तथा संस्थापक निलेन्द्रराज श्रेष्ठको पहलमा सन् २००७ देखि शुरु भएको यो म्याराथन हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ। त्यस अनुसार म्याराथन शुरु भएको १९ वर्ष भइसकेको छ।
यो वर्षको म्याराथनलाई सिद्धार्थ बैंकले मुख्य प्रायोजकको रुपमा सहयोग गर्ने भएको छ । पत्रकार सम्मेलनमा बैंकका सिएमओ सुरेशराज महर्जन र फाउण्डेशनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। यो सम्झौता तीन वर्षका लागि रहने बताइएको छ ।

काठमाडौं म्याराथनले स्वास्थ्यप्रति जनचेतना फैलाउने, खेल पर्यटनको प्रवर्द्धन गर्ने र नेपाली धावकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सहयोग गर्ने उद्देश्य लिएको छ। प्रत्येक वर्ष हजारौं धावक सहभागी हुने यस म्याराथनमा करिब २ सय जना अन्तर्राष्ट्रिय धावक विशेष रूपमा नेपाल आउने बताइएको छ ।
४ वर्षदेखि ७० वर्ष माथिसम्म उमेर समूहका व्यक्तिलाई लक्षित गरि आयोजना गर्न लागिएको म्याराथनको यस संस्करणमा १३ वटा विधा समावेश गरिएको छ । यस्तै, करिब ५ हाजार धाबकको सहभागिता रहने आयोजकले जनाएको छ ।
नेपाल फर नेपाली, रिलेसनसिफ फरएभर (नेपालीको लागि नेपाल, सम्बन्ध सधैंभरीलाई) भन्ने नाराका साथ काठमाडौं म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटबाट शुरु हुने म्याराथन चार शहर काठमाडौं, भक्तपुर, ललितपुर र ठिमी परिक्रम गरेर सकिने छ।
म्याराथनमा समावेश विधा र पुरस्कार राशी:






