काठमाडौं । नेपालले युनिटी कप टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला अन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध १४९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
युएईको सारजाह क्रिकेट मैदानमा शनिबार जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको छ ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३०, गुल्सनकुमार झाले २२ र दीपेन्द्रसिंह ऐरीले १७ रन जोडे ।
बलिङमा वेस्ट इन्डिजका लागि जेसन होल्डरले ४, नवीन बिदैसीले ३ र कप्तान अकिल होसेनले १ विकेट लिए ।
तीन खेलको टी-२० शृंखला अन्तर्गत नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल सोमबार तथा तेस्रो खेल मंगलबार सारजाहमै हुनेछ।




