एसिया कपः उपाधिको लागि चीरप्रतिद्वन्दी भारत र पाकिस्तान भिड्दै

एसिया कप २०२५ को फाइनल खेलमा चीरप्रतिद्वन्दी भारत र पाकिस्तान आज (आइतबार) भिड्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा असोज १२ गते आइबार हुने फाइनल खेल नेपाली समयानुसार राती ८:१५ देखि शुरु हुनेछ।

एसिया कप २०२५ को विश्लेषण गर्दा भारत अविजित रहदै फाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान लिग चरण र सुपर फोरमा भारतसँग दुई पटक पराजित भएको टोली हो।

पाकिस्तान सुपर फोरमा भारतसँग पराजित भएपनि श्रीलंका र बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । एसिया कप २०२५ मा भारत र पाकिस्तानको फाइनल समेत गरि यो तेस्रो भिडन्त हुनेछ।

लिग चरण र सुपर फोरमा पाकिस्तानलाई सहजै पराजित गरेको भारतलाई उपाधिको दाबेदार समेत मानिएको छ । पाकिस्तानले पनि आफ्नो टोलीले भारतलाई पराजित गर्न सक्ने बताएको छ।

एसिया कपमा भारत र पाकिस्तानको १८ पटक भिडन्त भएको छ । जसमा भारतले १२ र पाकिस्तानले ६ खेल आफ्नो पक्षमा पार्न सफल भएका छन् । भारत र पाकिस्तानबीच हुने एशिया कपको फाइनल खेल हाईभोल्डेजको हुन अनुमान गरिएको छ।

एसिया कप २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारत उपाधिको प्रवल दावेदार मानिए पनि पाकिस्तानले पनि भारतलाई कडा चुनौंति दिने क्रिकेट विश्लेषकहरुको राय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :