सिटीको जितमा हालान्डको दुई गोल

इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित हासिल गरेको छ । इत्तिहाद रंगशालामा भएको खेल सिटीले बर्नेलीलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन एर्लिङ हालान्डले दुई र म्याथ्युज नुनेजले एक गोल गर्दा दुई गोल आत्मघाती उपहार प्राप्त भएको हो। बर्नेलीका लागि जैडन एन्थोनलीले एक गोल फर्काए ।

जितसँगै ६ खेलमा १० अंक जोडेको सिटी छैटौं स्थानमा छ । पराजित बर्नेली समान खेलमा ४ अंकसहित १७ औं स्थानमा रहेको छ ।

प्रिमियर लिग अन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा ब्रेन्टफोर्डले म्यानचेस्टर युनाइटेड र ब्राइटनले चेल्सीलाई समान ३-१, क्रिस्टल प्यालेसले लिभरपुललाई २-१ तथा सान्डरल्यान्डले नटिङघम फरेस्टलाई १० ले पराजित गरे ।

यस्तै, टोटनह्याम र उभरह्याम्पटनले १-१ तथा लिड्स युनाइटेड र बर्नमाउथले २-२ को बराबरी खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :