केहि वर्षमा महिला फुटबलले ठूलो फड्को मार्न सक्छ

रमेश खनाल (खेलकुद मनोविज्ञ)

अखिल नेपाल फुटबल संघ (एन्फाले महिला फुटबल) को विकास गर्न सार्वजनिक गरेका कार्यक्रमहरु शतप्रतिशत कार्यान्वयन हुनसके आउँदो केहि वर्षभित्र महिला फुटबलले ठूलो फड्को मार्नेछ।

तर, योजना बनाएर मात्रै हुँदैन । ति योजनाहरुलाई सफल बनाउन अन्य धेरै कुराहरु माथि ध्यान पुर्याउनु पर्छ । उदाहरणका लागि क्लबहरुका लागि आवश्यक पर्ने प्रशिक्षक हुन् । ति प्रशिक्षकहरुलाई पटक पटक रिफ्रेसर कोर्स गराउनु पर्छ । चाहे ति रिफ्रेसर कोर्स नेपालमा नै हुन् या विदेशमा । प्रशिक्षक राम्रो हुनैपर्छ।

प्रशिक्षक स्वप्त द्रष्टा हुनुपर्छ । प्रशिक्षक, सफलता र असफलता स्वीकार्ने हुनुपर्छ । प्रशिक्षक सधैं जिज्ञासु हुनुपर्छ । प्रशिक्षक अध्ययनशिल हुनुपर्छ । प्रशिक्षक अनुसन्धान बेत्ता हुनुपर्छ।

खेलाडीहरुले राम्रो खेल खेले भने त्यसको जस प्रशिक्षकलाई जान्छ । अनि नराम्रो खेले भने त्यसको अपजस पनि प्रशिक्षकलाई नै जान्छ । अतः क्लबको इज्जत भनेको शिक्षित, अनुभवी, अनुसन्धानबेत्ता प्रशिक्षक नै हो । यस सन्दर्भमा क्लबहरु सगज हुनैपर्छ।

त्यसपछि क्लबहरुको प्राक्टिस ग्राउण्डमा हुनुपर्छ । कतिपय क्लबहरुको प्राटिक्स ग्राउण्ड छैन । अत: क्लबहरुलाई प्राटिक्स ग्राृउण्डको व्यवस्था मिलाई दिनुपर्छ ।

अर्को कुरा क्लबहरु कार्यालय नभएर झोलामा कार्यालय बोकेर हिड्नु पर्यो भने दुुर्दशा हुन्छ । क्लबहरुको कार्यालय हुनैपर्छ । जुन कार्यालयमा बसेर खेल र खेलाडी सम्बन्धी प्रशासनिक काम गर्न सकियोस्।

क्लबहरुका भौतिक सुविधा लगायत अन्य थुप्रै विकासका कामहरु गर्ने ज्ञान पनि हुनुपर्छ । उदाहरणका लागि प्रायोजक परिचालन गर्न सक्ने क्षमता क्लबहरुमा हुनुपर्छ । आखिर क्लबहरुले प्रायोजक रोजेर नै प्रतियोगिताहरु सञ्चालन गरिरहेका हुन्छन् । यस लगायत खेलाडीहरुको मेडिकल रिपोर्ट–प्रोफाइल, खेल रिपोर्ट संकलन र क्लबहरुको इतिहास आदि व्यवस्था गर्नुपर्छ।

यी माथिका केहि कुरा बाहेक पनि अन्य थुप्रै कुराहरु छन् । जसको अभावमा क्लबहरु दुर्लब बनिरहेका हुन सक्छन् । प्राय सबै क्लबहरु प्रत्येक वर्ष प्रगति भएकै हुनुपर्छ । साथै क्लबसँग आवद्ध खेलाडीको ‘हेड टु माउथ’ को व्यवस्था पनि राम्रोसँग गर्नुपर्छ । खेलाडीहरुले पाउनुपर्ने सुविधाहरु नियमित पाउनुपर्छ।

के महिला, के पुरुष खेलाडीहरुको ६ महिना लिग मात्र सञ्चालन गर्दैमा व्यापक विकास हुन्छ भनेर सोच्नुपर्दा लिगलाई प्रभाव पार्ने तत्वहरुको व्यवस्था विस्तारै लग्नु पर्छ। व्यवस्था पुर्ति गर्न सक्यौं भने पक्कै पनि प्रगति हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :