मोनाकोसँग बराबरीमा रोकियो सिटी

युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

स्टाडे स्टेडियममा भएको खेलमा सिटीले घरेलु टोली मोनाकोसँग २-२ गोलको बराबरी खेलेको हो।

खेलमा सिटीका लागि दुवै गोल एर्लिङ हालान्डले गर्दा मोनाकोका लागि जोर्डन टेजे र एरिक डिअरले पेनाल्टीमा गोल गरे।

यश बराबरीसँगै २ खेलबाट ४ अंक जोडेको सिटी आठौं स्थानमा रहेको छ । यस्तै समान खेलबाट १ अंक जोडेको मोनाको ३० औं स्थानमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :