युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा बार्सिलोना पराजित भएको छ।
स्टाडियो ओलम्पिक स्टेडियममा भएको खेलमा घरेलु टोली बार्सिलोना पेरिस सेन्ट जर्मन (पीएसजी) सँग २-१ गोल अन्तरले पराजित भएको हो ।
पीएसजीको जितका लागि सेनि मयुलुले ३८ र गोल्चालो रामोसले ९० औं मिनेटमा गोल गर्दा बार्सिलोनाका लागि फेरान टोरेसले १९ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै २ खेलबाट ६ अंक जोडेको पीएसजी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पराजित बार्सिलोना समान खेलमा ३ अंकसहित १६ औं स्थानमा रहेको छ।




