काठमाडौं । आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले २३ औं आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
अक्टोबर ३ देखि सुरु भइ आइतबार सम्पन्न प्रतियोगिता इलाटीको जेसोलोमा भएको थियो। प्रतियोगिताका लागि आईटीएफ अम्पायर कमिटीले थापालाई निर्णायक मनोनित गरेको थियो।
उक्त प्रतियोगिताका थापासहित विभिन्न राष्ट्रबाट कमिटीले ८० अम्पायर छनोट गरेको थियो । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का महासचिव समेत रहेका थापा दोश्रोपटक आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपको अम्पायरमा मनोनित भएका हुन्।
सन् २०१९ मा बुल्गेरियामा भएको २१ औं संस्करणमा पनि थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । थापाले विभिन्न राष्ट्रमा भएका दक्षिण एसियाली, एसियाली, विश्व कप, कन्टिनेन्टललगायतका प्रतियोगितमा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन्।




