ओमानलाई हराउँदै टी-२० विश्वकपमा पुग्ने लक्ष्यमा नेपाल

ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणमा नेपालले आज घरेलु टोलीसँग महत्वपूर्ण खेल खेल्दै छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको टर्फ-१ मैदानमा हुने यो खेल नेपाली समयानुसार राति ८:४५ बाट शुरु हुनेछ ।

दुवै टोलीका लागि यो खेललाई विश्वकपको ढोका खोल्ने निर्णायक क्षणको रुपमा हेरिएको छ। हाल सुपर सिक्सको तालिकामा नेपाल र ओमान दुवै ६-६ अंकसहित शीर्ष दुई स्थानमा छन् ।

जसमा रनरेटका आधारमा ओमान पहिलो र नेपाल दोस्रो स्थानमा छ। आजको खेलमा विजयी हुने टोलीले टी-२० विश्वकप २०२६ का लागि छनोट सुनिश्चित गर्नेछ र उपाधितर्फ पनि महत्वपूर्ण अग्रसरता लिनेछ।

नेपालले अहिलेसम्म ७ पटक ओमानसँग टी-२० खेल्दा ५ पटक विजयी भएको छ भने ओमानले २ पटक मात्र नेपाललाई हराएको छ। दुवै टिम अहिलेसम्म सुपर सिक्समा अपराजित छन्, त्यसैले आजको खेलले एकको अपराजित यात्रा अन्त्य गर्ने पक्का छ।

नेपाल लगातार दोस्रो संस्करण विश्वकपमा स्थान बनाउने दौडमा छ । आजको खेल जित्नसके नेपालले समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :