काभा पुरुष भलिबल लिगको पहिलो खेलमा नेपालले तुर्कमेनिस्तानसँग खेल्ने

काठमाडौं । नेपालले काभा पुरुष भलिबल नेसन्स लिग २०२५ को आफ्नो पहिलो अर्थात् उद्घाटन खेलमा तुर्कमेनिस्तानसँग खेल्ने भएको छ। सेन्ट्रल एसियन भलिबल एसोसियसन (काभा) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल कार्तिक ५ गते (अक्टोबर २२) मा तुर्कमेनिस्तानसँग खेल्ने भएको हो।

प्रतियोगिता आगामी कार्तिक ५ देखि ११ गते (अक्टोबर २२-२८) सम्म बंगलादेशको राजधानी ढाकामा आयोजना हुँदैछ। प्रतियोगितामा सेन्ट्रल एसियाका नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स, अफगानिस्तान र तुर्कमेनिस्तान गरि ६ राष्ट्रले सिंगल राउण्ड रोविनका आधमरमा प्रतिस्पर्धा गर्नेछन्।

त्यसपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। जसका लागि १४ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ । यस्तै, टोलीको कप्तानको टुङ्गो भने लाग्न बाँकी छ।

नेपाली टोलीः
धन बहादुर भट्ट क्षेत्री, धिरोज काजी वस्नेत, सुनिल बोहोरा, पहल गहतराज, शरण सामरी क्षेत्री, शैलेन्द्र यादव, विनोद चन्द, अर्जुन नेपाली, सफल विक, रविन नगरकोटी, नृपध्वज वस्नेत, हरि हजुर थापा, सुजन सुनार र सन्तोष राई

-मुख्य प्रशिक्षकः भरत यादव
-सहायक प्रशिक्षकः उत्सव खड्का
-व्यवस्थापकः प्रविन श्रेष्ठ

खेल तालिकाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :