तुर्केमेनिस्तानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । नेपालको एएफसी महिला यू-१७ एसियन कपमा छनोटको अभियान संकटमा परेको छ। बुधबार थाइल्यान्डको चोनबुरी स्टेडियममा भएको पहिलो खेलमा नेपाल र तुर्केमेनिस्तानबीच गोलरहित बराबरी भएपछि नेपालको फाइनल चरणमा पुग्ने सम्भावना निकै कमजोर देखिएको हो।

समूह ‘एफ’ अन्तर्गतको यो खेलमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने प्रयास गरे पनि कुनैपनि टोली गोल गर्न असफल भयो। त्यसपछि नेपाल र तुर्केमेनिस्तानले १-१ अंक बाँडेका छन्। यता, घरेलु टोली थाइल्यान्डले समूहको पहिलो खेलमै तुर्केमेनिस्तानलाई १७-० को विशाल अन्तरले पराजित गरिसकेको छ।

यस जितसँगै थाइल्यान्डले ३ अंक जोडेको छ र बलियो गोलअन्तरका साथ शीर्ष स्थानमा रहेको छ। नेपालले अब शुक्रबार समूह चरणको अन्तिम तथा निर्णायक खेलमा थाइल्यान्डसँग भिड्नेछ।

थाइल्यान्डलाई एसियन कपको टिकट सुनिश्चित गर्न अब नेपालसँग बराबरी खेल्नु वा १७ गोलभन्दा कमले हार्नु पर्याप्त हुनेछ। नेपालका लागि भने अन्तिम खेलमा थाइल्यान्डलाई उच्च अन्तरले पराजित गर्नैपर्ने दबाब छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :