दर्शकको उपस्थिति बिनाको खेल नुन नहालेको तरकारी जस्तै हुन्छ

रमेश खनाल (खेलकुुद मनोविज्ञ)

खेलकुदमा दर्शक नभई हुन्न । दर्शकको हुटिङ र वाह…वाहले खेललाई रोमाञ्चक बनाउँछ । दर्शकको हुटिङले हामीलाई खेल खेल्न हौसला र प्रेरणा प्राप्त हुन्छ । दर्शक भएनन् भने खेल खेल्दा तरकारीमा नुन नपुगेको जस्तो स्वाद विहिन झैं लाग्दछ । तसर्थ दर्शक हुनु अति आवश्यक छ । तर, सधै दर्शक रंगशालामा उपस्थिति नहुन पनि सक्छन् । कहिले रंगशाला प्रवेशमा चर्को शुल्क तिर्नु पर्यो भने दर्शक न्यून हुन सक्छन्।

तर, यो दर्शक धेरै र थोरै उपस्थित हुने कुरा गेमको स्तरले पनि निर्धारण गर्दछ । यदि स्तरीय खेल हुनेछ भने दर्शकहरुले पैसाको मुख हेर्दैनन् । उनीहरु जति शुल्क तिर्न पनि तयार हुन्छन् । तर, आयोजकले पैसा कमाउने उद्देश्यले अत्याधिक प्रवेश शुल्क लगाउँछन् भने त्यस्तो परिस्थितिमा दर्शकले दुई पटक सोचेर मात्र निर्णय गर्छन् । अतः यस सम्बन्धमा आयोजकले गम्भिर भएर सोच्नु नै पर्छ।

अचेल अल्टरनेटको व्यवस्था पनि छ । लाइभ शो टेलिभिजनमा देखाइन्छ भने दर्शकहरुको उपस्थिति कम हुनसक्छ । त्यस्ता थोरै दर्शकहरु टेलिभिजनमा नै खेल हेर्न रुचाउँछन् । त्यसैले आयोजकहरुले प्रवेश शुल्क धेरै लगाउनु हुदैन । थोरै प्रवेश शुल्कले धेरै दर्शक तान्न सहिन्छ । रंगशालामा पुगेर म्याच हेर्नुको मज्जा नै बेग्लै हुन्छ । म त जति पैसा तिरेर पनि रंगशालामा नै पुगेर म्याच हेर्दछु, खेलप्रेमी सुरेश श्रेष्ठ।

‘तर म चाहिँ टेलिभिजनमै गेम हेर्छु । मलाई भिड मन पर्दैन । नेपालका दर्शकहरु कत्तिखेर हात हालाहाल गर्ने हुन् भन्न सक्तिन । आफ्नो टोलीले हार्ने बित्तिकै निहुँ खोज्न शुरु गर्छन् । जिते पनि फूर्ति लगाउँदै, धम्काउन छोड्दैनन् । त्यसैले त्यस्तो हुलमा जानुभन्दा घर भित्रै टेलिभिजन हेरेर मज्जा लिन्छु म त भन्छन्, अनिल पोखरेल।

दर्शक हुन् त क्रिकेटका जस्ता । क्रिकेटका दर्शकले त विश्वमा नै सकारात्मक दृष्टिकोणबाट नाम कमाएका छन् । उनीहरुसँगै बस्छन्, सँगै उफ्रिन्छन्, सँगै रमाउँछन् र सधैं नेपाल…नेपाल भनेर खुशीले रमाउँछन् । उनीहरुले यो क्रममा नेपालमा मात्र होइन विदेशमा पनि नेपालको क्रिकेट म्याच हेर्न पुग्छन् र उफ्रिदै नेपालका लागि प्रेरणा, हौसला अभिव्यक्त गर्छन्।

वास्तमा उनीहरुको स्पोर्ट्स क्रेजले नेपाल र नेपालीलाई विश्वसामू परिचित गराईरहेको छन् । नेपालको नाम नै नसुन्ने विदेशी दर्शकले पनि नेपाल एक उत्कृष्ट क्रिकेट खेल्ने राष्ट्र रहेछ भन्ने सन्देश दिइरहेको छ । तर, कहिले काहीँ हामी झुक्किनु हुन्न । ओमानविरुद्धको खेलमा १२४ रनले पराजित भएपछि समोआका खेलाडीले नेपाली दर्शक सामुन्य अभिवादन गरेको हुदै होइन । उनीहरुले समाओका झण्डा बोकेरका केहि समोआ क्रिकेट प्रेमीलाई अभिवादन गरेका थिए । अतः त्यो अभिवादन हाम्रो लागि होइन, उनीहरु सबैभन्दा तल्लो तलामा बसेका थिए । जे होस्, हाम्रा दर्शकहरु उत्साहित छन् । खेललाई माया गर्छन् । यो क्रम चलिरहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :