पाँचौं दक्षिण एशियाली खेलकुदको तयारीमा थियौं । पाँचौं साफ २२ डेसेम्बर देखि ३१ डिसेम्बर सन् १९९१ मा कोलम्बोमा आयोजना हुन लागेको थियो । पाँचौं साफमा १० खेल समावेश गरिएको थियो । ति खेलहरु एथलेटिक्स, बक्सिङ, फुटबल, स्वीमिङ, सुटिङ्ग, भलिबल, टेबुल टेनिस, तेक्वान्दो, कुस्ती र भारोत्तोलन थिए । १० वटै खेलमा नेपालले सहभागिता जनाउने तयारी गरिरहेको थियो।
खेलकुद मनोविज्ञानका व्यवहारिक प्रशिक्षण मैले दिने कार्यक्रम थियो । सुटिङ खेलमा सो तालिम म दिन्थे । यस पटक हाम्रो लक्ष्य श्रीलंका पदक जित्ने थियो । त्यसैले खेलाडीहरलाई मानसिक रुपमा तयार गर्ने मेरो जिम्मा थियो। सुटिङ खेलमा म संग तालिम लिने ३० जना खेलाडी थिए । ति सवै छनौट भएर आएका खेलाडी थिए । ति मध्य अधिकांश राष्ट्रिय खेलाडी थिए । अनुशासित थिए । जिज्ञासु थिए।
एक पटकको कुरा हो । सुटिङका खेलाडीलाई चाहिने मनोसमिश्रण अन्तर्गत कन्स्नट्रेशन, मोटिभेसन, कोर्कोनिनेसक जस्ता गुणहरुका साथै रियाक्सन क्षमताको विकास गर्नु पनि आवश्यक थियो । रियाक्सन अर्थात प्रतिक्रिया, यसको सम्वन्ध टाइमसँग छ । टाइममा रियाक्सन गर्नुपर्छ । यहि रियाक्सनको सैद्धान्तिक ज्ञान दिनु थियो। झण्डै ३० मिनेट क्लास लिए।
सबैले बुझ्यौ, कसैले केहि सोध्नु छ ? भनि सोधे । सवैले एकै स्वरमा भने ‘हामीले सवै कुरो बुझ्यौ गुरु ।’ तै पनि मैले पुनः सोध ‘अझैं कसैलाई केहि कन्फ्युज छ भने सोच म फेरी पनि बताई दिन्छु।’ तर, सबैले एकै स्वरमा ‘सबै बुझ्यौ’ भन्दा मनमा कता हो कता शंका लाग्यो । यिनीहरुले के साँच्चिकै बुझेका हुन त? यिनीहरुले के कति बुझेका छन् रेटिङ स्केलबाट प्रशिक्षण गर्ने सोचे । र, बोर्डमा सुन्यदेखि १० अंकसम्म लेख्दै भने जसले बुझ्दै बुझेको छैन त्यसलाई शूून्य अंक प्राप्त हुन्छ।
र, जसले सवैभन्दा बढी बुझेको हुन्छ त्यसले १० अंक प्राप्त गर्न सक्छ भनेर सम्झाए । त्यसपछि मैले उनीहरुलाई लाइन लगाएर एक एक गरि सोधे । ३० जनामध्य २५ जनाले शून्य अंक प्राप्त गर्दा म छक्क परे। अब मलाई के लाग्यो भने यिनीहरुले मैले पढाएको ठ्याम्मै बुझेनन् । अब मैले झन सरल भएर पढाउन थाले । त्यसपछि अधिकांशले ६ अंकसम्म प्राप्त गरेका थिए।
मैले यहाँ भन्न खोजेको कुरा के हो भने खेलाडीहरुलाई एकनासले प्रशिक्षण दिएर मात्र हुदैन । उनीहरुलाई बीच, बीचमा टेष्ट गरिरहनु पर्छ । अन्त्यमा सुटिङ खेलाडीले पनि श्रीलंकामा पदक जितेका थिए । यस प्रतियोगितामा नेपालले २ स्वर्ण, ६ रजत र २९ काँश्य पदक जितेको थियो । सात राष्ट्रमध्य हामी पाँचौं भएका थियौं । बंगलादेश चार स्वर्ण, आठ रजत र २८ काश्य पदक जितेर चौथो भएको थियो ।
त्यस्तै पाकिस्तान तेस्रो, श्रीलंकाले दोश्रो र भारतले पहिलो स्थान हासिल गरेको थियो । चार पटक भाग लिएर पनि अफगानिस्तान सन २०१६ देखि साफ सहभागिता जनाउन छोडेको थियो । पाँचौं दक्षिण एशियाली खेलकुदको एक भब्य समारोहका साथमा श्रीलंका राष्ट्रपति रानासिन्हे प्रेमादासाले उद्घाटन गरेका थिए।





