पीएसजीको कठिन जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले निसविरुद्ध कठिन जीत हासिल गरेको छ।

पार्क डे प्रिन्सेस रंगशालामा घरेलु टोलीले अन्तिम समयमा गोल गर्दै १-० को कठिन जित हासिल गरेको हो।

खेलको दोस्रो हाफको इन्जुरी समयमा गोन्सालो रामोसले गोल गर्दै पीएसजीलाई जित दिलाएका हुन्।

यो जितसँगै पीएसजी ११ खेलबाट २४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। पराजित निस भने समान खेलबाट १७ अंकका साथ आठौँ स्थानमा झरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :