इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लिभरपुलले एस्टन भिल्लामाथि २-० को सहज जित दर्ता गरेको छ।
लगातार चार खेलमा हार व्यहोरेपछि लिभरपुलले अन्ततः जित निकालेको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोलीका लागि मोहम्मद सलाह र रायन ग्रेभेनबर्चले निर्णायक गोल गरे।
यस जितसँगै लिभरपुलले १० खेलबाट १८ अंक जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ। पराजिएस्टन भिल्ला भने समान खेलमा १५ अंकसहित ११ औं स्थानमा झरेको छ।




